काठमाडौं, ९ चैत्र । अहिले गण्डकी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा मौसम आंशिक बदली भएको छ । काठमाण्डौ उपत्यकासहित अरू ठाउँको मौसम सफा छ । तर दिउँसोपछि केही ठाउँमा बदली भएर हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही ठाउँमा तथा बाँकी पहाडी र हिमाली भू–भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।यस्तै राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँमा तथा बाँकी हिमाली तथा पहाडी भू–भागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अस्ति शुक्रवार र शनिवारको जस्तो ठूलो वर्षा नभए पनि प्रि–मनसुनको याम भएकाले दिउँसो र बेलुकीपख हल्का वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाको भनाइ छ ।







प्रतिक्रिया