इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ, ३० फागुन ।  इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली घाइते भएका छन् ।शुक्रबारको ड्रोन आक्रमणमा परेर नुवाकोट ककनी घर भएका एक नेपाली सामान्य घाइते भएको ओमानस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

स्रोतका अनुसार घाइते नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनलाई शनिबार बिहान डिस्चार्ज गर्ने तयारी छ ।उनी आफ्नै कोठामा बसिरहेको बेलामा इरानी ड्रोन विस्फोट हुँदा छर्राले लागेको थियो । शुक्रबार ओमानमै इरानी आक्रमणमा परेर ओमानमा दुई विदेशी कामदारको मृत्यु भएको थियो ।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार  ०७ : ३९  बजे