काठमाडौँ, ३० फागुन । हाल नेपालमा न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । अहिले वाग्मती र गण्डकी प्रदेशलगायत कोसी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थानहरू तथा वाग्मती प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/ चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।दिउँसो कोसी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका पहाडी र हिमाली भू–भागलगायत बाँकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा कोसीको तराईलगायत कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना छ ।त्यसैगरी, राति देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । महाशाखाका अनुसार, हिमाली भू–भागका थोरै स्थानमा तथा पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ ।









प्रतिक्रिया