एमालेका अध्यक्ष ओलीका पिता मोहनप्रसादको आँखा दान

काठमाडौं, २९ फागुन।  एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आँखा दान गरिएको छ।मोहनप्रसादको ९७ वर्षको उमेरमा आज निधन भएको थियो । निधनपछि उनको इच्छाअनुसार आँखा दान गरिएको एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभयो । मोहनप्रसादको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार  १७ : ५९  बजे