काठमाडौं, २१ फागुन । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाका-१ बाट मतगणना सुरु भएको छ । मतगणना प्रतिनिधि सुजन पुडासैनीका अनुसार पहिलो मतपेटिका कागेश्वरी वडा नम्बर १ बाट गणना सुरु गरिएको छ ।मतपेटिकाहरू रुजु भएपछि अहिले केहीबेरबाट मतगणना सुरु भएको हो । यो क्षेत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, एमालेका रामेश्वर फुयाल, रास्वपाका राजु पाण्डे लगायत प्रतिस्पर्धामा छन् ।
0
Shares








प्रतिक्रिया