काठमाडौं, १६ फागुन । चुनावसँगै लामो बिदा परेका कारण काठमाण्डौ उपत्यकाबाट झन्डै ८ लाख मानिस बाहिरिने सरकारले अनुमान गरेको छ । सरकारले चुनावका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ ।
यसका अतिरिक्त फागुन १८ गते पहाडी क्षेत्रमा र १९ गते तराईमा फागु पूर्णिमाको बिदा, २३ गते शनिवार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको बिदा परेकाले फागुन १८ देखि २४ सम्म लगातार ७ दिन बिदा हुँदा दशैं–तिहारमा जस्तै धेरैले उपत्यका बाहिर जाने तयारी गरेका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाका अनुसार अहिलेबाटै उपत्यका छाड्नेहरूको सङ्ख्या बढेको छ र १७, १८ र १९ गते थेग्न नसकिने भीड हुने अनुमान छ । धेरैले गाडी रिजर्व समेत गरिसकेका छन् ।यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायात प्रणाली चुस्तदुरुस्त राख्न योजनाबद्ध तयारी भइरहेको जानकारी दिँदै गाडी अपुग भएमा नेपाली सेना, प्रहरी तथा स्कूल–कलेजका गाडी समेत सरकारले परिचालन गर्ने बताउनुभएको छ ।









प्रतिक्रिया