काठमाडौं, ६ फागुन । भोजपुरमा सेना सवार बस दुर्घटनामा परेको छ। बस दुर्घटनामा २४ जना घाइते भएका छन्।घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर रहेको छ। गम्भिर घाइते ८ जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी इन्स्पेक्टर महेन्द्र पराजुलीले जानकारी दिनुभयो।
उहाँकाअनुसार १६ जनाको अवस्था समान्य रहेको छ। उनीहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ। बसका दुई जना चालक र सहचालक गरी बसमा २६ जना सवार रहेका थिए। नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार दुर्घटनामा घाइते भएका दुई जनालाई काठमाडौँ ल्याइसकिएको छ भने अन्य आठ जनालाई भने हेलिकप्टरमार्फत् ल्याउन लागिएको छ।
बुधबार दिउँसो सवा १ बजे भोजपुरबाट टेम्केमैयुङ गाउँपालिकामा जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका –३ स्थित सेतीबगरमा दुर्घटनामा परेको थियो।दुर्घटनाबाट बस करिब २०० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। सेना फागुन २१ गते हुने निर्वाचनका लागि टेम्केमैयुङ गाउँपालिकामा बेस क्याम्प स्थापनाका लागि बसमा जाँदै थियो।









प्रतिक्रिया