काठमाडौं, ४ फागुन । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी बाट लुटिएको एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ निवासी २२ वर्षीय सुजय राजवंशी रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापा का प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले उक्त जानकारी दिनुभएको हो।
विशेष सूचनाका आधारमा स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार तथा लागूऔषध लुकाइ–छिपाइ राखिएको आशंकामा प्रहरीले आइतबार छापा मारेको थियो। सो क्रममा उनका २२ वर्षीय छोरा सौगात थापा मगरले घर पछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाएर राखेको ९ एमएम पेस्तोल एक थान र ४० राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न सौगात थापा मगर फरार रहेका र उनको खोजी कार्य जारी रहेको प्रवक्ता खड्काले बताउनुभयो।
लुटपाटमा संलग्न राजवंशीमाथि मुलुकी अपराधसंहिता, २०७४ बमोजिम आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।









प्रतिक्रिया