दमक, फागुन ३ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुनः गृहजिल्ला झापा आउनुभएको छ । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका ओली मतदातासँगको घरदैलो कार्यक्रमका लागि झापा आउनुभएको हो ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य रोमनाथ ओलीका अनुसार आइतबार दमक आउनुभएका अध्यक्ष ओली सोमबारदेखि दमकका विभिन्न वडामा आयोजना हुने घरदैलो कार्यक्रममा सहभागी हुने तय भएको छ । यसअघि एक सातासम्म कमल, गौरादह र गौरीगन्ज पालिकाका घरदैलो कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्कनुभएका ओली पुनः झापा आउनुभएको हो । ओलीले यस पटक आफ्ना कार्यकर्ता तथा मतदाताका गुनासो नजिकबाट सुन्ने कार्यक्रम बनाइएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख बसुन्धरा खड्काका अनुसार उम्मेदवार र मतदाताको सुरक्षामा प्रहरीले पर्याप्त ध्यान दिएको छ ।









प्रतिक्रिया