नेकपा एमालेले मोरङ–६ मा ढकाललाई उम्मेदवार बनाउने

काठमाडौं, ४ माघ ।  नेकपा एमालेले मोरङ–६ बाट विनोद ढकाललाई उम्मेदवार बनाउने भएको छ ।ढकाललाई उम्मेदवार बनाउन मोरङको तीन क्षेत्र ९१, ४ र ६) बाट सिफारिस आएको थियो । त्यसमध्ये मोरङ–६ मा उम्मेदवार बनाउने निर्णय भएको प्रदेश इन्चार्ज शेरधन राईले बताउनुभयो ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार  २० : ५२  बजे