काठमाडौं, २७ पुस । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईरमधेशमा केही ठाउँमा हुस्सुरकुहिरो लागेको छ ।कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आजराति पनि तराईका केही ठाउँमा हुस्सु कायमै रहनेछ ।हुस्सु तथा कुहिरोको प्रभावले विशेष गरी बिहानरबेलुकाको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम २।६ डिग्री सेल्सियस रहेको थियो ।








प्रतिक्रिया