दाहालको निधनमा कांग्रेसले भोलि पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आज बिहान बसेको केन्द्रिय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।दाहाल २०५६ सालको चुनावमा ओखलढुंगा क्षेत्र नम्बर–१ बाट सांसद निर्वाचित हुनुभएको थियो । साथै २०६१ सालमा कृषि तथा सहकारी मन्त्री बन्नुभएको थियो । दाहालले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताउनुभयो ।बैठकले आज, भोलि र पर्सिसम्म तीन दिन केन्द्रिय, प्रदेश, जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, पुस २७ गते भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय भएको गरेको हो । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा, नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवम् पूर्व मन्त्री दाहालको गएराति निधन भएको हो ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार  १२ : ५६  बजे