कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंग्यायो

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ ।कांग्रेसको कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवारको टुंगो लगाएको हो ।

जसअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताउनुभयो ।

नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालसँग भएको तालमेल सहमति अनुसार कांग्रेसका ९ जना उम्मेदवारले बुधबार नै उम्मेदवारी दर्ता गराउने कांग्रेसले जनाएको हो।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार  १२ : ४९  बजे