जनकपुरमा निधिका समर्थकले जलाए महामन्त्री थापाको पुत्ला

काठमाडौं, २२ पुस  ।जनकपुरमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पुत्ला जलाइएको छ । कांग्रेस नेता विमलेन्द्र निधि निकट युवाहरूले जनकपुरको भानुचौकमा महामन्त्री थापाको पुतला जलाउँदै विरोध प्रदर्शन गरेका हुन् ।कांग्रेसको पार्टी कार्यालय सानेपामा आज नेता निधिमाथि दुर्व्यवहार भएको भन्दै उनीहरूले थापा विरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार  २० : ११  बजे