रास्वपाले काठमाडौंमा आज बृहत्तर एकता घोषणा सभा गर्दै

काठमाडौं, २१ पुस ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ।रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी गराएको हो। यसअघि यहि पुस १३ र १४ गते रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र कुलमान घिसिङ संरक्षण रहेको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो।सोही सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाको बारेमा स्पष्ट पारिने रास्वपाले जनाएको छ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार  ०८ : १२  बजे