काठमाडौं, २० पुस । जाँचबुझ आयोगका कर्मचारी टोली नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा पुगेर ‘स्टेटमेन्ट’ लिएको छ ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले दिएको जानकारीअनुसार ओलीको निवासमा पुगेको टोलीले बयान लिएको जानकारी दिनुभयो । तर उहाँका अनुसार सो टोलीमा आयोगका कोही पनि पदाधिकारी थिएनन् । “ओलीको निवासमा आयोगको टोली पुगेर स्टेटमेन्ट लिएको हो,” उहाँले भन्नुभयो “आयोगलाई चाहिएको कुरा लियौँ ।”
केपी ओली आयोगमा बयान दिन नआउने अडान राखेपछि शुक्रबार काटिएको पत्र लिएर कर्मचारीको टोली गुन्डु पुगेको थियो । सोही टोलीलाई अध्यक्ष ओलीले ‘स्टेटमेन्ट’ दिएको आयोग स्रोतले जानकारी दिएको छ ।” पत्र शुक्रबार नै तयार भएको हो,” स्रोतले भन्यो ।








प्रतिक्रिया