काठमाडौँ, २० पुस । नेकपा एमालेका नेता विष्णु रिजाल सर्वाधिक मत सहित दैलेख क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस हुनुभएको छ । एमालेको निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीको शनिवार जम्बुकाँधमा सम्पन्न बैठकबाट रिजाल उम्मेदवारका लागि छनोट हुनुभएको हो ।
क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि रिजाल सहित पूर्व सांसद लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, राजबहादुर शाही र अमृता बोहरा आकांक्षी हुनुहुन्थ्यो । जसमा आकांक्षी अमृता बाहेक चार जना बिच उम्मेदवार छनोटको चुनावी प्रतिस्पर्धा नै भएको थियो ।उक्त चुनावी प्रतिस्पर्धामा रिजालले ६७, लक्ष्मीप्रसाद पोखरेल ६६, राजबहादुर शाही ६१ र राजबहादुर बुढाले ५० मत प्राप्त गरेका छन् ।एमालेको केन्द्रीय सदस्य समेत रहेका रिजाल पहिलो पटक संसदीय चुनावमा भाग लिने तयारीमा छन् ।
उहाँ यसअघि ०७९ मा पनि उम्मेदवार बन्न चाहानुभएको थियो । तर पार्टी केन्द्रले टिकट भने लक्ष्मीप्रसाद पोखरेललाई दिएको थियो ।निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीले रिजाल सहित पोखरेल र अम्बिका बोहराको नाम पनि उम्मेद्वारका लागि केन्द्रमा सिफारिस गरेको छ ।निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीको सदस्यमा पार्टीको ४४ वडाका वडाध्यक्षहरू, पार्टीको पालिका कमिटीका २५ जना र केही जिल्ला कमिटीका सदस्यहरू सहित १२७ जना सदस्य रहन्छन् । जसमध्ये १२३ जनाले मतदान गरेका थिए ।








प्रतिक्रिया