मन्त्रिपरिषद् पुनर्गठन छिटै हुन्छ– मुख्यमन्त्री कार्की

मोरङ, १७  पुस । ‍ कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल मोरङद्वारा विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलका नेतासँग छलफल गरी निर्णय गर्ने बताउनुभएको हो । नेकपा एमालेका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले आफ्नो पार्टी आगामी संसदीय निर्वाचनबाट नभाग्ने बताउँदै यसका लागि सरकारले निष्पक्ष र भयरहीत वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार  १९ : १५  बजे