जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काभ्रेपलान्चोक । काभ्रेमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । जिल्लाको बनेपा नगरपालिका–४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ तीनधारा बस्ने ३५ वर्षीय अन्जेश तौजेल समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार २ सय १५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, आइतबार  १३ : ४२  बजे