उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ गेरुवाई खोला नजिकै गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । आज बिहान ०८:४५ बजे भएको दुर्घटनामा त्रियुगा–५ पिपलचौरी बस्ने ५८ वर्षीय दमसेर राईको मृत्यु भएको हो ।
पिपलचौरीबाट लालपत्ता तर्फ आउँदै गरेको स १ त ५४३५ नम्बरको थ्रेसर मेसिन जडान भएको ट्याक्टर गुडिरहेको अवस्थामा खसेर राई गम्भीर घाइते भएका थिए । उपचारको लागि जिल्ला अस्पताल उदयपुर पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न ट्याक्टर जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा राखिएको छ । चालक घटनास्थलबाटै फरार रहेको र उनको खोजतलासको भइरहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया