बारा, ३ असोज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित मेनरोडको एक होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ ।
शनिबार साँझ करिब ५ बजे सम्झना स्टाफ होटलमा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार भएको हो ।
घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगञ्ज लगिएको थियो । तर, अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । घटनामा संलग्न व्यक्तिहरू फरार रहेको उहाँले बताउनुभएको छ ।
प्रहरीका अनुसार खाजा खान आएका दुई समूहबीच विवाद भएपछि होटलको भान्सामा रहेको चक्कु खड्कामाथि प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।











प्रतिक्रिया