काठमाडौं, ३१ भदौ । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीन वटा शव फेला परेका छन्।
नेपाली सेनाका अनुसार बुधबार सुरुङभित्र खोजी गर्ने क्रममा तीन वटा शव फेला परेका हुन्। तीमध्ये दुई वटा शव सुरुङबाट बाहिर निकालिसकिएको सेनाले जनाएको छ।
सुरुङको अन्तिम किनारासम्म खोजी गर्ने क्रममा शव भेटिएको सेनाले जानकारी दिएको छ।
भदौ १० गते भोटेकोशी नदी हुँदै आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा मानिस फसेको आशंकामा खोजी तथा उद्धार कार्य जारी छ।











प्रतिक्रिया