रौतहट, २७ साउन । सामाजिक सञ्जालमार्फत अभद्र तथा आपत्तिजनक गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र यादव पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत स्थानीय सागर यादवलाई लक्षित गरी आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको पुष्टि गर्नुभएको छ।
सामाजिक सञ्जालमा राजनीतिक तथा व्यक्तिगत विषयलाई लिएर एक–अर्काविरुद्ध अभद्र अभिव्यक्ति दिने क्रम बढिरहेका बेला रास्वपा नेताको पक्राउलाई स्थानीयस्तरमा चासोका रूपमा हेरिएको छ।












प्रतिक्रिया