२१ हजार रुपैयाँ घुससहित काठमाण्डौ–३० का लेखा अधिकृत पक्राउ

काठमाडौँ, ८ साउन । काठमाण्डौ महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । उनलाई २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिशका लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार  २० : १४  बजे