काठमाडौं, ७ साउन । काठमाडौंको ठमेल क्षेत्रमा अनैतिक गतिविधि तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठमेलको फायरचोक क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारणलाई बाटो छेकी अश्लील गतिविधिसम्बन्धी मोलमोलाइ गर्दै दुःख–हैरानी दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले सम्झाइ–बुझाइ गर्ने क्रममा ड्युटीमा खटिएका प्रहरीमाथि अपशब्द प्रयोग गर्ने, गालीगलौज तथा धक्कामुक्का गरेको आरोपसमेत उनीहरूमाथि लागेको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो।







प्रतिक्रिया