काठमाडौं, ३१ असार । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट आज नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराउनुका साथै ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीलाई हैरानी दिई घुस मागेका थिए ।
सेवाग्राहीसँग घुसबापतको ६ लाख रुपैयाँ लिइरहेको अवस्थामा उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।







प्रतिक्रिया