विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

काठमाडौं, २९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप भएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार थप दिन दिनको म्याद थप गरेको हो।

उनीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। पौडेललाई गत असार ८ गते सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार  २० : २६  बजे