काठमाडौं, २९ जेठ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ थारु टोल क्षेत्रमा आज भारतीय सशस्त्र सीमा बल ९एसएसबी० सहितको टोली छिरेपछि स्थानीयवासी र सुरक्षाकर्मीबीच विवाद भएको छ ।सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीयवासीले बताएका छन् । उनीहरूले त्यस क्रममा प्रतिकारसमेत गरेका छन् । एक स्थानीयवासीका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएका थिए ।
सुस्तामा भारतीय सुरक्षाकर्मीले बलमिच्याइँ गरेको विषय आजको प्रतिनिधिसभा बैठकमा पनि उठेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्कीदप्की गरेको र स्थानीयवासीले त्यसको प्रतिकार गर्नुपरेको भिडियो सार्वजनिक भएको भन्दै रक्षामन्त्री कहाँ हुनुहुन्छ ? भनेर प्रश्न गर्नुभएको छ ।यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ १७ गते प्रतिनिधिसभामा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।यसैबीच पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज घिमिरेले अहिले अवस्था सामान्य रहेको बताउनुभएको छ ।








प्रतिक्रिया