काठमाडौं, २६ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ट्राफिक कारबाही आफूले जरिवाना नतिरेको जिकिर गर्नुभएको छ ।
एक हातले मोटरसाइकल चलाउँदै भिडिओ खिच्दै गरेका साम्पाङ केहीदिन अघि दुर्घटनामा परेका थिए । लापरवाही गरेर सवारी चलाएको भन्दै ट्राफिकले हिजो कारबाही गरेको भन्दै फेसबुकमा फोटोसहित राखेको थियो । तर चिट काटेकोबारे उहाँले भन्नुभयो, ‘मैले त पैसा तिर्या छ नि । मैले त पैसा तिर्या छ ।’
तपाईँको शुभचिन्तकले तिरिदिएको हो ? भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ,‘खोइ को हो मलाई थाहा छैन । तर त्यसमा पनि फेरि जारी गर्नेको नाम पनि हर्कराज राई नै छ । मलाई नै जारी गरेको भन्ने खालको छ । त्यो खोइ एआइ होला नि । त्यसो नगर्नु न ।’ उहाँले प्रहरीको पेजबाट आएको आफूलाई थाहा नभएको बताउनुभयो ।
उहाँले आफूलाई चिट काट्नुपर्ने कुनै कसुर नै नगरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,‘कसुर के हो त ? मन्त्रीको ड्राइभरलाई पनि याद गर्नु त एक हातले गाडी चलाइराख्या हुन्छ । फोन गरिराख्या हुन्छ ।’








प्रतिक्रिया