रूपन्देही, २१ जेठ । रोल्पामा जिप दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । माडी गाउँपालिका–२ घर्तीगाउँको व्याङखोलास्थित सडकबाट आज बिहान भएको दुर्घटनाका मृतकको पहिचान भने खुलेको छैन ।
मृत्यु हुनेमा दुई पुरूष र एक जना महिला छन् । जीपमा ३ जनै सवार रहेको बताइएको छ ।
रोल्पाका डीएसपी पञ्चकुमार बाखुले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको बताउनुभयो । सो जीपमा जस्ता पाता, पाइप लगायतका सामग्री देखिएका छन् । उक्त जीप दाङबाट सामान लिएर जाँदै गरेको हो ।








प्रतिक्रिया