काठमाडौं, १९ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको संसद हाजिरी अभिलेख परीक्षण गर्न माग गर्नुभएको छ । आज बसेको संसद वैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । हाजिर नगरेको प्रमाणित भएमा प्रधानमन्त्री शाह संसद सदस्य नरहेको ठहर हुने साम्पाङको भनाइ छ ।
उहाँले भन्नुभयो,‘प्रधानमन्त्री अस्ति संसद आउँदा हाजिर गर्नुभयो कि भएन ? उहाँको हाजिरी हेर्न अभिलेख शाखालाई अनुरोध गर्छु । हाजिर नगरेको भए प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ । प्रतिनिधिसभा नियमावलीको नियम ७७ को १ ले कुनै पनि व्यक्ति प्रतिनिधिसभा सदस्य नरहेको हकमा प्रधानमन्त्री पदबाट मुक्त हुनुपर्ने व्यवस्था छ । उहाँ कतिचोटि आउनुभो र हाजिर गर्नुभो देखाइदिन अनुरोध गर्छु ।’








प्रतिक्रिया