काठमाडौं, १२ जेठ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्दैछ ।
आजको बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल र पारित गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाह का तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफाबार छलफल गरी पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ ।
संसद बैठकमा निर्वाचन प्रणाली, मतदाता नामावली व्यवस्थापन तथा कानुनी संरचनासम्बन्धी विषयमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया