काठमाडौं, ८ जेठ । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा बकर ईदको अवसरमा बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।
गत वर्ष फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (ईद–उल–अज्हा) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकाले जेठ १४ गते बिदा हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना पनि व्यक्त गरेको छ । बिदाको भोलिपल्ट १५ गते सरकारले बजेट सार्वजनिक गर्दैछ । सो दिन गणतन्त्र दिवसको बिदा दिइएको छ ।









प्रतिक्रिया