काठमाडौं, २१ चैत्र । दाङ प्रहरीले राप्ती गाउँपालिका–२ बह्राखुट्टीका स्मिथ प्रधानको कुटपिटबाट ज्यान गएको विषयमा अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक महिला र दुई जना पुरुष छन् । उनीहरूसँग सोधपुछ चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी रेशम बोहराले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।अस्ति घरबाट निस्केका प्रधान मृत भेटिएको र उनको कुटपिटबाट ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बह्राखुट्टीका प्रधान र पाँखापानीका आयुशमान थापा मगर साथीको घर जाने भन्दै सँगसँगै हिँडेका थिए । उनीहरूलाई नचिनेका मानिसको समूहले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका आयुशमान थापा मगरको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।







प्रतिक्रिया