काठमाडौँ, १९ चैत । पूर्वयुवराज पारस शाह नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना हुनुभएको छ।
बिहीबार बिहान उहाँलाई काठमाडौंको थापाथलीस्थित Norvic International Hospital मा भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ।
स्रोतका अनुसार उहाँलाई नियमित स्वास्थ्य परीक्षण तथा चिकित्सकीय जाँच का लागि अस्पताल ल्याइएको हो। हाल उहाँ चिकित्सकहरूको निगरानीमा रहनुभएको बताइएको छ।
अस्पताल स्रोतले उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ। नियमित परीक्षणको रिपोर्ट आएपछि थप उपचार प्रक्रिया वा डिस्चार्जबारे निर्णय हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया