काठमाडौं, १७ चैत । जेनजी आन्दोलन प्रकरणमा पक्राउ पर्नुभएका काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल लाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले आज बिहान उहाँलाई सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। उहाँ जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओको जिम्मेवारीमा रहनुभएको थियो।
भदौ २३ र २४ गते भएको उक्त आन्दोलनमा दमन गरेको आरोपमा गौरीबहादुर कार्की आयोग ले उहाँमाथि कारबाही सिफारिस गरेको थियो।
तर, प्रारम्भिक अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौं ले उहाँलाई हाजिरी जमानीमा छाड्ने निर्णय गरेको एक प्रहरी अधिकृतले जानकारी दिनुभएको छ।
उक्त प्रकरणमा अन्य उच्च अधिकारीहरूमाथि अनुसन्धान जारी रहेका बेला रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।







प्रतिक्रिया