काठमाडौं, १३ चैत्र । आज मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ । मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले दोलखाको लाप्चामा उक्त हेलिकप्टर सुरक्षित भेटिएको जानकारी दिनुभयो ।क्याप्टेन सुरज थापाको कमाण्डमा रहेको नाइन एन–एएनओ हेलिकप्टर लाप्चामा सुरक्षित अवतरण गरेको उहाँले बताउनुभयो ।दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण–पूर्वमा पर्छ । प्रबन्ध निर्देशक लामिछानेले सुरक्षित भेटिएको उक्त हेलिकप्टर भोलि मात्र काठमाडौँ फर्कने बताउनुभयो । उक्त हेलिकप्टरमा चालक दलका सदस्यसहित पाँच जना सवार रहेका थिए ।
15
Shares







प्रतिक्रिया