काठमाडौं, २७ भदौ । एशिया कप टी–२० क्रिकेटमा बङ्गलादेशले हङकङलाई हराएको छ । गएराति भएको खेलमा बङ्गलादेशले हङकङलाई सात विकेटले पराजित गरेको हो । हङकङले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १७ ओभर तीन बलमा तीन विकेट गुमाएर भेटायो । बङ्गलादेशका लागि कप्तान लिट्टन दासले ५९ र तौहिद हृदयोयले ३५ रन बनाए ।…