काठमाडौँ, २२ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणका सबै खेलहरु सकिएका छन् । हिजो त्रिवि क्रिकेट रंगशालामा लिग चरणको अन्तिम खेलमा अघिल्लो संस्करणको बिजेता जनकपुर बोल्ट्समाथि कर्णाली याक्सले ३ रनको रोचक जित निकालेको छ । अन्तिम खेलमा जित निकालेसँगै ७ खेलबाट ४ अंक जोडेर कर्णाली छैटौं स्थानमा छ…