उपयोगविहीन बन्दै बलेवा विमानस्थल

बागलुङ, १८ साउन । विगत ३४ वर्षदेखि पुरानो बागलुङको बलेवा विमानस्थल पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । वि.सं. २०२२ मा स्थापना भएको विमानस्थलले धौलागिरि क्षेत्रको पर्यटन र यातायातको सम्भावना बोकेको भए पनि नियमित उडानको अभावमा उपयोगविहीन बनेको हो । बागलुङ सदरमुकामदेखि १० किलोमिटर दक्षिण नारायणस्थान १४ मा रहेको बलेवा विमानस्थल पोखरा–बागलुङ राजमार्ग बनेपछि २०४८ सालपछि…