युक्रेनको शहर सुमीमा रुसी आक्रमण, ३४ जनाको ज्यान गयो

काठमाडौं, १ वैशाख । युक्रेनी शहर सुमीमा भएको रुसी आक्रमणमा ३४ जनाले ज्यान गुमाएका छन् । आक्रमणमा १५ बालबालिकासहित ११७ जना घाइते भएका युक्रेनको राज्य आपतकालीन सेवाले जानकारी दिएको छ । सर्वसाधारण चर्चमा भेला भएका बेला आक्रमण भएको बीबीसीले जनाएको छ । युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलाँगले रुसको आक्रमणले सबै सीमा नाघेको भन्दै…