जनकपुरधाम, २२ वैशाख । धर्मचक्रवर्ती तुलसी पीठाधीश्वर पद्विभूषण जगद्गुरु रामानन्दाचार्य स्वामी रामभद्राचार्यजी महाराजले नेपाल र भारतलाई हिन्दू राष्ट्र बनाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ । जानकी नवमी अर्थात् सीता जयन्तीको पूर्वसन्ध्यामा आज जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन तथा पूजाअर्चनापश्चात् पत्रकारसँग उहाँले हिन्दू धर्म तथा संस्कृतिको संरक्षणका लागि नेपाल–भारतलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताउनुभयो । उहाँले विश्वको बदलिँदो…