सुर्खेत, १० साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान शिक्षा प्रणालीलाई नवीनतम सुधार आवश्यक रहेको बताउनुभएको छ । उहाँले अहिलेको युग अनुसारको शिक्षाले मात्र विद्यार्थीलाई प्रतिस्पर्धी, सक्षम र उत्पादनशील बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो। आज वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ स्थित श्री अमरज्योति माध्यमिक विद्यालयको प्रशासनिक एवम् शैक्षिक भवन निर्माण कार्यको शिलान्यास कार्यक्रममा बोल्दै…