एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

ललितपुर, २१ भदौ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथिको छलफल जारी छ । प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजनगरी छलफल सुरु गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।उहाँका अनुसार कोशी प्रदेशले समूहगत छलफल सकाएर प्रतिवेदन लेखन थालनी गरिसकेको…