काठमाडौं, २८ असोज । अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले किसानलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै तीव्र आपत्ति जनाएको छ । मेयर शाहले आफ्नो फेसबुक स्टाटसमार्फत किसानलाई ‘फोहर’ भनेको अभिव्यक्तिप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघका अध्यक्ष डा. प्रेम दंगालले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “मुलुकको प्रमुख र आधारभूत उत्पादन…