काठमाडौं, ५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले कच्चा कुरा गरेको भन्दै आपत्ति जनाउनुभएको छ । शुक्रबार काठमाडौंमा कमाण्ड घोषणापछि सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो आपत्ति जनाउनुभएको हो । यसअघि राजनीतिक दलहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने हो भने अवस्था अझै अस्थिरताको चक्रमा फस्ने बताउनुभएको थियो…