काठमाडौं, २२ साउन । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आईटीएफ) ले भीमबहादुर तामाङ र सुस्मिता थापामगरलाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड–२०८१ बाट सम्मान गरेको छ । पुरुषमा भीम तथा महिलामा सुस्मिताले वर्ष उत्कृष्ट खेलाडी अवार्ड पाउनुभएको हो । भीमले २४औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण जित्नुभएको थियो । यस्तै सुस्मिताले दुई स्वर्ण जित्नुभएको थियो । महासङ्घले…