दैलेखमा तीजको नाच हेर्न गएकी बालिकालाई घाइते बनाइ सामूहिक बलात्कार

काठमाडौं, २५ साउन । दैलेखमा १२ वर्षीया बालिकालाई ढुङ्गाले हान्दै लखेटी–लखेटी नियन्त्रणमा लिएर बलात्कार गरेको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पीडित बालिकाको दाहिने हात मर्केको छ भने गुप्तांगमा घाउ रहेको चिकित्सकहरुले जनाएका छन्…