गाजा युद्धविराम र बन्धकहरूको रिहाइको तयारी गरिरहेको इजरायल

तेल अभिभ, ५ जेठ । गाजा युद्ध रोक्न र सबै बन्धकहरूलाई रिहा गर्न इजरायली वार्ताकारहरूले व्यापक सम्झौताको सम्भावनालाई गम्भीरतापूर्वक विचार गरिरहेको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले आइतबार यस्तो बताएको हो । कतारको राजधानी दोहामा रहेका वार्ताकारहरू यो काम फत्ते गर्न लागि परेको बताइएको छ । यो वार्ता अमेरिकी विशेष दूत स्टिभ विटकफले…