एनआरएनए मलेसियामा लिम्बुको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति

क्वालालम्पुर, १५ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–०२७ कार्यकालका लागि इन्द्रनारायण लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त विष्णु प्रसाद पौडेलले सबै पदमा एकल उम्मेद्वारी परेकाले सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो । अध्यक्षमा इन्द्र नारायण लिम्बु निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा दिल…